१३ बैशाख २०८१, बिहिबार

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

प्रकाशित मिति :  21 March, 2023 5:23 pm


काठमाडाैँ । नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरूलाई निर्देशन दिइएको बताएका हुन् ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैतको २० देखि २५ गतेसम्म ५ दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए ।

त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिपोर्ट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो । ”जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं । यो चाहिँ ७५३ वटै स्थानीय तहबाट हुनु पर्‍यो । ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं, उनले भने, ”तपाईंहरु जुनजुन पेसा र व्यवसायमा हुनुहुन्छ । त्यो पेसा र व्यवसायको पहिचान पनि त्यसमा राख्नुपर्‍यो । भौतिक पूर्वाधारको क्षेत्रमा के छ ?, किसानहरुले भोगिरहेका समस्या के छन् ?पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिपोर्टिङ तयार गर्नेछ यही विषयमा ।”

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने योजना तय गरिएको बताए ।

पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिपोर्टिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।



प्रतिक्रिया दिनुहोस !