४ बैशाख २०८१, मंगलबार

उप-निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

प्रकाशित मिति :  22 March, 2023 8:21 am


काठमाडाैँ । उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ ।आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यको लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता सुरु गरेकाे हाे।

अायाेले चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न सूचना जारी गरेको छ । त्यसपछि अरू प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति र चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यी तीन ठाँउमा उपनिर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !