१५ चैत्र २०८०, बिहिबार

अफगानिस्तानमा भूकम्पको धक्का, पाकिस्तानमा पनि धक्का महसुस

प्रकाशित मिति :  22 March, 2023 8:57 am


काठमाडौँ । अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो । विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ९ जना घाइते भएका छन् ।

त्यस्तै उत्तरी पाकिस्तानमा दुई बच्चासहित अरू तीन जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । भूकम्पका कारण पहिरो जाँदा पाकिस्तानको अब्बोटावाद सहरमा बाटो समेत बन्द भएको सीएनएनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !