१२ श्रावण २०८१, शनिबार

एक बर्षको पारिश्रमिक कोरोना कोष तथा बिपन्न वर्गका लागि खर्च गर्ने नेकपा प्रवक्ता श्रेष्ठको घोषणा

प्रकाशित मिति :  13 April, 2020 2:23 pm


काठमाण्डौं, १ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको हैसियतले प्राप्त गर्ने एक बर्षको पारिश्रमिक कोरोना कोष तथा बिपन्न वर्गका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सभा सदस्य रहेका श्रेष्ठले ट्वीट मार्फत आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी रहेको भन्दै एक बर्षको तलब कोरान कोष र विपन्न बर्गका लागि खर्च गर्ने जानकारी गराएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्,‘ यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्य २ महिनाको कोभिड -१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने घोषण गर्दछु ।’

श्रेष्ठले सांसद विकास कोष रकम कोरोना भाइरस विरुद्ध लड्नका लागि कोष जम्मा गर्नुपर्ने आवाज उठाउदै आएका थिए । दुई दिन अघि मात्रै सांसद विकास कोष अनुचित रहेको भन्दै अबदेखि बजेटै नछुट्टाउन माग समेत गरेका थिए ।

तर, सुनुवाई नहुँने छाट देखिएपछि श्रेष्ठले आफ्नो तलब कोरोना कोष र बिपन्न वर्गका लागि खर्च गर्ने निर्णय सुनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !