१५ चैत्र २०८०, बिहिबार

चैत्र १७ गतेदेखि २४ औँ फ्लोरा एक्स्पो हुने

प्रकाशित मिति :  22 March, 2023 11:50 am


काठमाडौँ । पुष्प व्यावसायलाई प्रवद्धन गर्ने उद्देश्यले चैत्र १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यावसायी ६० वटा रहने छन् भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

मेलामा नर्सरी व्यावसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ पुरस्कृत गरिने छ ।

प्रदर्शनीले विभिन्न प्रकारका फूल बिरुवाको एकै थलोमा अवलोकन तथा खरिद गर्ने अवसरको साथै आधुनिक खेती प्रविधिबारे सूचना आदानप्रदान गर्ने अवसर दिने विश्वास लिएको एसोसिएसनले जनाएकाे छ। मेला बिहान ९ बजेदेखि साँझ ५ः३० अवलाेकन गर्ने पाउने छन् ।



प्रतिक्रिया दिनुहोस !