१२ श्रावण २०८१, शनिबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने २३ जना चालक कारबाहीमा

प्रकाशित मिति :  22 March, 2023 5:25 pm


काठमाडौँ । भक्तपुरको जगातीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

प्रहरीले १ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २३ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

नियमित रूपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्नुहुन सम्पूर्ण यातायात व्यावसायी, सवारी धनी तथा चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !