लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै
प्रकाशित मिति : 23 March, 2023 8:40 am
काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।
आज दिउँसो १ बजे बैठक बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेद्वार तय गर्ने अवस्थामा के गर्ने रु भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ ।








