२८ माघ २०८२, बुधबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारवाहीमा

प्रकाशित मिति :  23 March, 2023 4:19 pm


काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज (विहिबार) गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

प्रहरीले १ सय १५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्‍याण्डब्रेक ठिक नभएका १९ वटा र लाईटहरू दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारी साधन फेला परेपछी चालकलाई कारवाही गरेकाे हाे ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्न यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !