१२ श्रावण २०८१, शनिबार

लकडाउन उल्लंघन नियन्त्रण गर्न खोज्दा सप्तरीमा एक बृद्धाको मृत्यु, उच्च रक्तचापका कारण मृत्यु भएको प्रहरी दाबी

प्रकाशित मिति :  13 April, 2020 4:19 pm


सप्तरी, १ बैशाख ।

सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन खोज्दा एक बृद्धको ज्यान गएको छ ।

लकडाउन उल्लंघन गरेर बाहिर निस्केकामाथी प्रहरीले लाठी प्रहार गरेपछि तनाव बढेको हो । तनाव बढेपछि त्यहाँ पुगेकी महिलाको मृत्यु भएको छ ।

विहान ११ बजेतिर खड्क नगरपालिका ६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवामाथी प्रहरीले लाठि प्रहार गरेको थियो।

प्रहरीले लाठि प्रहार गर्ने प्रहरीलाई सम्झाउन पुगेकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीले लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

लाठी प्रहारबाटै खाँतुनको ज्यान गएको वडाध्यक्ष भगवती प्रसाद चौधरीले बताएका छन् ।

सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ। घटनास्थलमा ढलेकी वृद्धालाई सुरुमा एडभान्स अस्पताल कल्याणपुरमा लगिएको थियो ।

तर उपचार सम्भव नभएपछि सगरमाथा अंचल अस्पताल राजबिराज पठाइएको थियो। शव सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ।

बृद्धाको मृत्युपछि स्थानीय र प्रहरीबीच तनाब बढेको छ।

प्रहरीको कुटपीटबाट वृद्धाको मृत्यु भएको भन्दै स्थानीयले नारावाजी तथा विरोध गरिरहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

समस्या समाधानका लागि प्रहरी र स्थानीय जनप्रतिनीधि तथा मृतकका आफन्तबीच छलफल जारी छ ।



प्रतिक्रिया दिनुहोस !