१३ बैशाख २०८१, बिहिबार

काे बन्लान् नेपाल प्रहरीका ३० औँ आईजीपी? आज निर्णय गर्दैछ मन्त्रीपरिषद्ले

प्रकाशित मिति :  24 March, 2023 9:08 am


काठमाडौँ ।आज (शुक्रवार) नेपाल प्रहरीकाे ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुँदैछन्। शुक्रवार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्काे वैठकले आईजीपी बारे निर्णय गर्ने भएकाे हाे ।

हालका आईजीपी धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै गर्दा बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमध्ये काे आईजीपी बन्छ भन्ने चर्चा चुलिएकाे छ ।

एआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार रहेका छन् । प्रधानमन्त्री प्रचण्डले यसअघि नवनियुक्त एआईजीसँग सामूहिक भेट गर्दै पाँच जनामध्ये एक जना जाे पनि आईजीपी बन्न सक्ने भएकाले मिलेर काम गर्न तयार रहन भनेका थिए ।



प्रतिक्रिया दिनुहोस !