१६ चैत्र २०८०, शुक्रबार

गण्डकी प्रदेश सरकारबाट बाहिरीयो माओवादी केन्द्र

प्रकाशित मिति :  24 March, 2023 2:52 pm


काठमाडौं । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी मन्त्री रेशम जुग्जालीले जानकारी दिए ।

समर्थन फिर्तासँगै माओवादीका दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

केन्द्रबाट सर्कुलर जारी भएसँगै शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय एक नेताले जानकारी दिए ।

पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादीले समर्थन लिएसँगै गण्डकी प्रदेश अल्पमतमा परेको छ । अबको ३० दिनभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ ।

अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !