२८ माघ २०८२, बुधबार

गत दश वर्षमा सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा थप

प्रकाशित मिति :  24 March, 2023 4:24 pm


काठमाडौँ । गत दश वर्षमा सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा थपिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १३.८४ प्रतिशत थप भएको हो । यस्तै सबैभन्दा कम गण्डकी प्रदेशमा २.६१ प्रतिशतले जनसंख्या थप भएको छ ।

२०७८ देखि २०७८ को बिचमा सबैभन्दा जनसंख्या वृद्धिदर सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.२५ प्रतिशतले वर्षिक जनसंख्या वृद्धि भएको हो ।

दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.१९ रहेको छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !