सबैभन्दा धेरै महिला घरमूलीको संख्यामा गण्डकी प्रदेशमा
प्रकाशित मिति : 24 March, 2023 4:43 pm
काठमाडौं । गण्डकी प्रदेशमा सबैभन्दा धेरै महिला घरमूली रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार (आज) सार्वजनिक गरेको १२ औं जनगणनाको प्रतिवेदन अनुसार प्रदेशगत सबैभन्दा धेरै गण्डकी प्रदेशमा सबैभन्दा धेरै महिला घरमूली रहेका छन् ।
उक्त प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा ४०.९८ प्रतिशत परिवारमा महिला परिवामूली रहेका छन् भने मधेश प्रदेशमा भने सबै भन्दा कम (२१.७२ प्रतिशत) परिवारमा महिला परिवारमूली रहेका छन् ।
हाल देशमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार रहेकोमा ती मध्ये ४५ लाख ६३ हजार ६५९ अर्थात ६८.४५ प्रतिशत परिवारमूली पुरुष रहेको पाइन्छ भने बाँकी २१ लाख ३ हजार २७८ परिवार अर्थात ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् ।
दश वर्ष अघि वि.सं २०६८ को जनगणनामा कुल परिवारको ७४.२७ प्रतिशत परिवारमूली पुरुष र २५.७३ प्रतिशत परिवारमूली महिला रहेका थिए ।








