२ माघ २०८२, शुक्रबार

३५ प्रतिशत नेपालीले चलाउँछन् चाइकल

प्रकाशित मिति :  24 March, 2023 4:52 pm


काठमाडौँ । नेपालमा ३.१ प्रतिशत सर्वसाधारणको पहुँचमा कार, जिप, भ्यान पुगेको छ ।

शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ का अनुसार ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन र ३५.२ प्रतिशत परिवारमा साइकल प्रयोग हुने पाइएको छ।

तीमध्ये नगरपालिकामा ४.१ प्रतिशत गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गरेको पाइएको छ । ३२.७ प्रतिशत नगरपालिकामा र गाउँपालिकामा १६.२ प्रतिशतले दुईपांग्रे सवारी साधन प्रयाेग गर्छन् भने साइकलको हकमा नगरपालिकामा ३८.४ र गाउँपालिकामा २८.७ प्रतिशतले प्रयाेग गरेकाे राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !