१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति पौडेल आज गोरखा जाँदै

प्रकाशित मिति :  26 March, 2023 7:47 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै छन् । आज बिहान साढे ९ बजे उनी गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचित बनेपछि उनी पहिलो पकट गोरखा अवलोकन गर्न जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !