१३ बैशाख २०८१, बिहिबार

दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै

प्रकाशित मिति :  26 March, 2023 10:29 am


काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै कानुन, न्याय तथा, संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस !