नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न
प्रकाशित मिति : 26 March, 2023 12:05 pm

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् ।
आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा उनलाई गृह सचिव विनोदप्रकाश सिंहले महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौ दिनमा आईजीपीको फुली लगाएका छन् ।
चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । कुँवरले चै ८ मा एआईजीको फुली लगाएका थिए ।