१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरियो

प्रकाशित मिति :  26 March, 2023 1:33 pm


देउखुरी । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ ।

एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजिनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी सरकारमा सहभागी थिए ।

केन्द्रमा एमालेसँग गठबन्धन भत्किएसँगै लुम्बिनीमा माओवादी केन्द्रले सरकार छोडेको हो । माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी अल्पमतमा परेका छन् ।

लुम्बिनीमा अब नेपाली कांग्रेस वा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !