७ बैशाख २०८१, शुक्रबार

‘पशुपन्छी सम्बन्धी गुरु योजना संघीयता अनुसार बनाउनुपर्छ’

प्रकाशित मिति :  26 March, 2023 2:40 pm


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। दिपक कुमार खरालले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताए ।

आइतबार कृषि मन्त्रालयले सुरू गरेको दुई दिने नेपाल पशुधन गुरु योजना छलफल कार्यक्रममा बोल्दै खरालले गुरु योजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार योजना बनाउन आवश्यक रहेको बताएका हुन् । उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवद्र्धनात्मक गतिविधिहरूका धेरै जिम्मेवारीहरू प्रदेश,स्थानीय तहको मातहतमा गएको बताए ।

सचिव डा .खरालले संघको जिम्मेवारी भनेको राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने भएको र त्यसमा कानुनी रूपमा भए\ नभएकाे हेर्न अधिकार संघलाई रहेको पनि बताएका थिए । नेपाल पशुधन गुरु योजना बनाउँदा अन्य मुलुकको नक्कल गर्ने भन्दापनि वास्तविकतामा आधारित भएर बनाउनु पर्ने उनकाे भनाइ छ।

खरालले गुरु योजना बनाउँदा माछा,मासु,दुध र अण्डा विशेष किसिमका उत्पादन भएको भन्दै यी उत्पादनलाई केन्द्रबिन्दुमा राखेर योजना बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
 



प्रतिक्रिया दिनुहोस !