१० पुस २०८२, बिहिबार

सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग

प्रकाशित मिति :  26 March, 2023 2:58 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी आठ जनाको ज्यान गएको र घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग साे माग गरेका हुन् ।

खतिवडाले सबै बसहरूमा यात्रुहरूका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । ।

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरूलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !