सरकारप्रतिको भरोसा बालबालिकामा देखिएनः सांसद देवकोटा
प्रकाशित मिति : 26 March, 2023 3:38 pm
काठमाडाैँ । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताइन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताएकी हुन् ।
देवकोटाले केही दिनअघि विद्यार्थीहरूले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नरहेको स्पष्ट भएको बताइन् ।
उनले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छन् ।








