१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेशमा कांग्रेसद्वारा मुख्यमन्त्रीमा दाबी पेश

प्रकाशित मिति :  26 March, 2023 3:08 pm


काठमाडौँ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेश गरेको छ ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्र लगायत ६ दलले एमाले नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेकोमा ४४ सिट भए बहुमत पुग्छ । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

चौधरीलाई नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, खड्ग बस्नेत (स्वतन्त्र)ले समर्थन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !