१० पुस २०८२, बिहिबार

२ दिन भित्रै लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्ने सभापति पुनको भनाई

प्रकाशित मिति :  26 March, 2023 3:27 pm


काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले २ दिन भित्रै लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्ने बताएका छन् ।

रिपोर्टर्स क्लब बुटवलले गरेको कार्यक्रममा बोल्दै सभापति सिंहले २ दिनभित्र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने उनको भनाई छ ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्रसहितका दलको समर्थन लिएर नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !