१६ चैत्र २०८०, शुक्रबार

एमालेलाई चारैतिरबाट घेराबन्दीमा पारे: अध्यक्ष ओली

प्रकाशित मिति :  26 March, 2023 7:14 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन् ।

एमाले अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले आफुहरु विरुद्ध घेराबन्दी भएको बताउदै एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दीमा पारेको बताए । एमाले अर्कोतिर भए पनि आउँदो चुनावमा बहुमत ल्याउने दाबी गदै एमालेले देशको विकास र समृद्धिमा असाधारण काम गरेको बताए ।

’एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ । एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरुमा छैन ।’ अब हुने संसदीय चुनावमा एमालेले बहुमत मत ल्याएर एकल सरकार बनाउने उनको दाबी थियो । हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै ओलीले भने, ’झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’



प्रतिक्रिया दिनुहोस !