१६ चैत्र २०८०, शुक्रबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने ४७ जना कारबाहीमा

प्रकाशित मिति :  26 March, 2023 9:03 pm


काठमाडौँ । भक्तपुरको जगातीमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

१ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४७ ओटा गरी सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेको थिए ।



प्रतिक्रिया दिनुहोस !