१६ चैत्र २०८०, शुक्रबार

सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ

प्रकाशित मिति :  27 March, 2023 11:36 am


काठमाडौ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतका अनुसार उनको मुद्दा आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ। पीडित नाबालिग रहेको र सन्दीपले जबरजस्ती करणी गरेको दाबी सरकारी पक्षले गरेको छ ।

यता सन्दीपका कानुन व्यवसायीको तर्क जबरजस्ती करणी नभएको र पीडित भनिएकी युवती नाबालिग नरहेको दाबी छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।



प्रतिक्रिया दिनुहोस !