चैत्र १५ गते गण्डकीमा सार्वजनिक बिदा
प्रकाशित मिति : 27 March, 2023 12:03 pm

काठमाडौँ । गण्डकी प्रदेशले चैत्र १५ गते सार्वजनिक बिदा दिने निर्यण गरेको छ । गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार चैते दसैँमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
चैत्र १५ गते प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए।