११ बैशाख २०८१, मंगलबार

काठमाडौंमा मेयर साहबिरुद्ध प्रदर्शन

प्रकाशित मिति :  27 March, 2023 1:46 pm


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध प्रदर्शन भएको छ ।

संविधान र कानून विपरित सुकुम्वासीहरूलाई उठिवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहबिरुद्ध सोमवार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म ¥यालीसहितको बिरोध प्रदर्शन गरिएको हो ।

आफूहरूलाई उठिवास लगाउने काममा मेयर साह लागेपछि त्यसको बिरोधमा शुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

उनले संविधान, कानून विपरित भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिवास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

बिरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !