१६ चैत्र २०८०, शुक्रबार

पुष्प व्यावसायलाई प्रवर्द्धन गर्न चैत्र १७ गतेदेखि २४ औँ फ्लोरा एक्स्पो हुने

प्रकाशित मिति :  27 March, 2023 3:00 pm


काठमाडौँ । पुष्प व्यावसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा २४ औं फ्लोरा एक्स्पो आयोजना हुने भएको छ । ‘स्वच्छ वातवरण र आर्थिक समृद्धिका लागि पुष्पा व्यावसाय’ भन्रे नारासहित चैत्र १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो आयोजना हुने भएको हो ।

फ्लोरिकल्चर एशाेसिएसन नेपालले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा, ल्याण्डस्कोपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड सहित ८० स्टल रहने जनाएको छ । त्यस्तै प्रति स्टलको लागि ४० हजार शुल्क रहेको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहने नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङ्गले बताएका छन् ।

नर्सरी व्यावसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट आठ विधामा प्रतिस्पर्धा गराइ पुरस्कृत गरिने छ ।

उक्त एक्स्पोमा ४७ हजार अवलोकन कर्ताद्धारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको मेलाका संयोजक शिब बहादुर खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !