८ बैशाख २०८१, शनिबार

खुल्लामञ्चको गेटमा मिटरव्याज पीडित र नगरप्रहरीबीच धकेला धकेल

प्रकाशित मिति :  27 March, 2023 5:34 pm


काठमाडौं । विभिन्न जिल्लाबाट पैदल हिँडेर मिटर व्याज पीडित काठमाडौंको खुलामञ्चमा आइपुगेका छन् । सोमबार खुल्लामञ्चमा प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले रोक लगाएको छ ।

खुल्लामञ्चमा विरोध प्रर्दशन गर्न पुगेका मिटरब्याज पीडितलाई नगरप्रहरीले रोक लगाएपछि वीर अस्पताल अगाडिको सडकमै बसेर महानगरका मेयर बालेन शाह विरुद्ध नाराबाजी गरिरहेका छन् ।

खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् ।

पीडितहरुले खुलामञ्चमा प्रर्दशन गर्ने थाहा पाएपछि महानगरले आन्दोलनकारी आउनुपूर्व खुलामञ्चको गेटमा ताला लगाएको थियो । मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्ष बीच धकेलाधकेल भएको छ ।



प्रतिक्रिया दिनुहोस !