६ बैशाख २०८१, बिहिबार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रालयको भागबन्डा टुंग्याउने तयारी

प्रकाशित मिति :  28 March, 2023 7:42 am


काठमाडौँ । आज अपराह्न ४ बजे सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच अपराह्न ४ बजे बैठक बस्ने निर्णय गरेका थिए ।

आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । बैठकमा मन्त्रालयको भागबण्डा टु‌ग्याएर सरकार विस्तार गर्ने तयारी रहेको छ ।

प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग भेटवार्ता गर्दै अाएका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३\३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस !