कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारलाई सर्यो
प्रकाशित मिति : 28 March, 2023 8:23 am

काठमाडौँ । मंगलबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरी बिहीबारलाई सारिएको छ ।
स्थगित बैठक चैत १६ गते बिहिबार बस्ने नेपाली कांग्रेसले जनाएको छ ।
चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।