मंगलबार बिहानदेखि मिटरब्याजी पीडितहरूको बिरोध प्रदर्शन
काठमाडौँ । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन सुरु गरेका छन्। पीडितहरुले आज बिहानैदेखि काठमाडौँको टंगालमा बिरोध प्रदर्शन गरेका हुन्।
बर्दिवासबाट ११ दिन हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितहरूले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए ।
आइतबार चन्द्रागिरिस्थित मातातीर्थमा बसेका उनीहरू खुलामञ्चमा बस्नको लागि काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु सोमबार खुलामञ्चको पश्चिमी गेटबाहिरनै रात बिताए ।
मंगलबार बिहानै उनीहरु त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।
सरकारबाट धेरै पटक आश्वासन पाए पनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै समाधान नभएसम्म घर नफर्कने अडानमालिएका छन्र् । मिटरब्याजी पीडितहरूको हितका लागि कानुन नै निर्माण गर्नुपर्ने उनीहरूको माग रहेकाे छ।








