२५ मंसिर २०८२, बिहिबार

विराटनगरमा प्रर्दशनकारी र प्रहरीबिच झडप, स्थिति तनावग्रस्त

प्रकाशित मिति :  28 March, 2023 2:02 pm


काठमाडौं । प्रदेश नामाकरणको विरोधमा प्रर्दशनकारी र प्रहरीबिच विराटनगरमा झडप भएको छ ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगामुढा गरेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।



प्रतिक्रिया दिनुहोस !