२८ माघ २०८२, बुधबार

प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना ५ हजार धरौटीमा रिहा

प्रकाशित मिति :  28 March, 2023 2:25 pm


काठमाडौँ । सोमबार प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका ३ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरञ्जनदत्त भट्टका अनुसार डिल्ली बजार कारागारमा जेल चलान भएका उनीहरुलाई मंगलबार ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गरिएको हो ।

चैत ७ गते काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। प्रकाउ परेका बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई सोमबार डिल्लीबजार कारागारमा जेल चलान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !