२५ मंसिर २०८२, बिहिबार

मन्त्रालयको भागबन्डाबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

प्रकाशित मिति :  28 March, 2023 6:20 pm


काठमाडौँ । सत्ता गठबन्धनको बैठक सुरू भएको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू रहेका छन् ।

प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !