९ पुस २०८२, बुधबार

सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति :  29 March, 2023 7:15 am


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ।

हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङिएपछि आज बुधबार पुन बैठक बस्ने भएको हो । बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ।

मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश गरेका थिए।

हिजोको बैठकमा मन्त्रालय भागबण्डामा छलफल भएपनि सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए।

तर नेकपा एकीकृत समाजवादी र जसपाले तीन र तीन र लोसपाले दुई मन्त्रालयमा दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !