सभ्यता जोगाउनसके लिपुलेक, लिम्पियाधुरा पनि जोगाउन सकिन्छः प्रमुख साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्।
बुधवारबाट काठमाडौं स्थित प्रज्ञा परिषद्मा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए।
उनले भने कामनपाले वागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज पर्यो । पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ ।
‘केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरैकुरा जोडिएको छ महानगरले मान्छे भन्दा अघिको वागमती सभ्यता जोगाउन खोजिरहेको उनको भनाई थियो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पती जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला ।’ मेयर शाहले भने ।
मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए।
उनले भने, ‘साँच्चिकै सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिकापालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका पालिकामा छ भन्नेकुरालाई आगामी दिनहरुमा वास्तवमा नै अभ्यास गर्न सकियोस् । न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस् । आफ्नै पालिकामा यस्ता न्यायहरु समाधान होस् । यसका लागि तपाईहरु जिम्मेवार पनि हुनुहुन्छ । तपाईहरु प्रमुख भुमिकामा हुनुहुन्छ । सरकार छ भन्नेकुराको बोध गराउने भनेकै न्याय हो । पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राख्नुभयो भने साच्चिकै मेरै घर परिवारमा सरकार छ भन्ने अनुभुति हुन्छ ।’
मेयर साहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभुति जनतालाई दिन सक्नुपर्ने बताए।








