२५ मंसिर २०८२, बिहिबार

शिवचन्द कुशवाहा जनमत पार्टी प्रवेश, बारा–२ का लागि उम्मेदवारी घोषणा

प्रकाशित मिति :  29 March, 2023 1:07 pm


काठमाडौं । माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार (आज) आयोजित कार्यक्रममा जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी समेत घोषणा गरेका छन् ।

लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीले उम्मेदवार बनाएको जनमत पार्टीका अध्यक्ष डा.सिंके राउतले बताए।

‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भने ।

उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !