९ पुस २०८२, बुधबार

मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

प्रकाशित मिति :  30 March, 2023 7:32 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न तय भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

यसअघि गत मंगलवार बस्ने भनिएको बैठक स्थगित भइ पछि बिहीबारका लागि सारिएको हो । सरकारमा जाने मन्त्रीहरू छान्न कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ ।

बालुवाटारमा हिजो बसेको बैठकमा दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसमध्ये नेपाली कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !