गठबन्धनको बैठकबाट बिदा लिएर प्रधानमन्त्री प्रचण्ड चितवन लागे
प्रकाशित मिति : 30 March, 2023 9:48 am
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठकबाट बिदा लिएर चितवन उडेका छन् ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको बेला उनी बैठकबाट बिदा लिएर चितवन उडेका हुन ।
कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू अहिलेपनि बालुवाटारमा नै छन्।
मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका लागि बालुवाटारमा भइरहेको बैठकबाट बिदा लिएर प्रधानमन्त्री प्रचण्ड चितवतर्फ लागेका हुन्।
प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन विस्तारको शिलान्यास तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन चितवनतर्फ लागेका हुन ।
उनी दिउँसो १ बजे त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।








