‘प्रधानमन्त्रीले मिटरब्याजी पीडितलाई भेट्न ढिला गर्न हुँदैन’
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताए ।
बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन् । उनले मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे ।
महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरू हुनु रहेको बताए। शर्माले मिटरब्याजी पीडितहरू कुनैपनि राजनीतिक दलको छत्रछायाँमा रहेको भएपनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए । वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन ग¥यो भन्नेकुरा मुख्य रहेको शर्माले उल्लेख गरेका थिए ।
महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरूको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।








