‘मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ’
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरू पनि सचेत हुन आवश्यक रहेको बताए । उनले ऋण पायो भन्दै जहाँबाट पनि ऋण नलिन सचेत गराएका छन् ।
”हामीले मिटरब्याज पीडितहरूको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । मिटरब्याजको पीडित जो भएको छ, उनीहरूले पनि सोच्नुपर्छ । मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्नेभयो । सहमति त त्यहीँ हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ ।”
अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रूपमा बिदा दिइएको बताए । उनले अबदेखि वार्षिक क्यालेण्डरका रूपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रूपमा राखिए क्यालेण्डरबाट हटाउने बताए ।








