प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने
प्रकाशित मिति : 31 March, 2023 8:06 am
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको गर्ने भएका छन्।
दिउँसो १ बजेभित्र दलहरुले मन्त्री बन्नेहरुको नामावली दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी प्रधानमन्त्रीले गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तारकाे मिति शुक्रबारलाई सरेको हो ।
उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बिहीबार नै सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए।
सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २र२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक\ एक मन्त्रालय लिने सहमति बनेको थियो।








