९ पुस २०८२, बुधबार

पूर्व डीआईजी रमेश खरेल बाराबाट चुनाव लड्ने

प्रकाशित मिति :  31 March, 2023 10:44 am


काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल बाराबाट चुनाव लड्ने भएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका हुन ।

खरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमा रास्वपाबाट बारा २ मा निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

खरेलले लेखेका छन् “नयाँ सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु । डा. प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’ राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडि बढ्न प्रतिबद्धता जायर गर्दछु” ।

गत मंसिर ४ मा भएको चुनावमा खरेल सुशासन पार्टीबाट काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । यस अघि हिजो मात्रै नेपाली कांग्रेसमा आबद्ध युवा अर्थशास्त्री डा। स्वर्णिम वाग्ले कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गरेका छन् । उनी पनि रास्वपा प्रवेश गरी तनहुँबाट उपचुनाव लड्ने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस !