आज कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै
प्रकाशित मिति : 31 March, 2023 11:02 am
काठमाडौँ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
शर्मा पुस २७ गते एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
राप्रपाले समर्थन फिर्ता लिए पछि शर्मालाई नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत सत्ता गठबन्धनका दलहरूले विश्वासको मत दिने भएका छन् ।








