२७ माघ २०८२, मंगलबार

प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाए बालुवाटार

प्रकाशित मिति :  1 April, 2023 8:09 am


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि शनिबार बिहान ८ बजे प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएको बताइएको छ ।

काठमाडौँका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका मिटरब्याजी पीडित समास्या समाधानका लागि सरकारले वार्ता समिति पनि गठन गरेको छ ।

पीडितले यसअघि १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !