२४ मंसिर २०८२, बुधबार

रवि लामिछानेविरुद्ध मुद्दा लिएर युवराज सफल पुगे सर्वोच्चमा

प्रकाशित मिति :  2 April, 2023 5:18 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

नागरिकताको विषयमा प्रश्न उठाउँदै मुद्दा गरेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ले नै राहदानीको विषयमा पनि प्रश्न उठाउँदै रिट दायर गरेका हुन्।

अधिवक्ता युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट पेश गरेका जनाइएको छ ।

त्यस्तै १३ माघमा सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नागरिकता ऐन अनुसार प्रक्रिया पूरा गरेर नेपाली नागरिकता नलिएको ठहर गर्दै उनको सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !