तनहुँ– १ मा रास्वपाका स्वर्णिम वाग्लेले गराए उम्मेदवारी दर्ता
तनहुँ । प्रतिनिधि सभाका लागि तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार वाग्लेले मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।
वाग्ले केही दिनअघि मात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए ।
त्यस्तै नेकपा एमालेबाट सर्वेन्द्र खनाल,नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाज प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
गत मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ । २०८० बैशाख १० गतेका लागि उपनिर्वाचन तोकिएको छ ।








