९ पुस २०८२, बुधबार

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

प्रकाशित मिति :  5 April, 2023 11:54 am


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।

आयोगले उम्मेदवारकाबिरुद्ध मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तनहुँ–१, बारा–२ र चितवन–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।तीनवटै निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेको छ ।

निर्वाचन कार्यालय चितवनले उनीमाथि परेको उजुरीउपर छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।



प्रतिक्रिया दिनुहोस !